१६ चैत्र २०७९, बिहीवार

राष्ट्र बैंकद्धारा २४ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको आव्हान

२०७९,माघ,२४,मंगलवार १६:५७

18
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको रकम तीन सय ६६ दिने मुद्धति निक्षेपकोरुपमा २०७९ फागुन पाँच गतेदेखि २०८० फागुन पाँच गतेसम्म लगानी गर्नको लागि प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।

यसरी मुद्धति निक्षेपकोरुपमा लगानी गरिने कुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि १९ करोड २० लाख, विकास बैंकहरुको लागि तीन करोड ६० लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड २० लाख रुपैयाँ छुट्याईएको छ ।

रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही माघ २६ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका न्यूनतम शर्तहरु तोकिएका छन् ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार १६:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले

काठमाडौं । कुमारी बैंकले आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ ।

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम ” सम्पन्न गरेको छ

ताजा समाचार

मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२
लोसपाबाट शरदसिंह भण्डारी मन्त्री बन्ने
 २०७९,चैत्र,१६,बिहीवार १२:१७