काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।
‘नेपाली राजनीतिका शिखर व्यक्तित्व, पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको समाचारले स्तब्ध र मर्माहत भएको छु ।’ शोक वक्तव्य जारी गर्दै थापाले भनेका छन्, ‘उहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु ।’
‘देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु,’ वक्तव्यमा भनिएको छ ।
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको आज बिहान निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया