१६ चैत्र २०७९, बिहीवार

एकद्वार प्रणालीको सेवा नहुँदा प्रविधिको विकास हुन सकेन : अध्यक्ष मल्ल

२०७९,माघ,२४,मंगलवार १५:३७

27
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा नेपालले प्रविधिमा फड्को मार्न नसकेको बताएका छन् । मंगलबारबाट शुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल सूचना र प्रविधिको क्षेत्रमा धेरै अघि बढ्नुपर्ने भएपनि हालसम्म सोचेअनुसारको अघि बढ्न नसकेको बताए । उनले आगामी दिनमा मुलुकलाई डिजिटलाइजेशनमार्फत सूचना प्रविधिको विकास गरी सूचना प्रविधिमा आत्मनिर्भर बनाउनुपर्ने बताए । उनले आइटी अध्ययनरत विद्यार्थीहरुलाई पार्ट टाइम जबका लागि सरकारले उद्योग व्यवसाय क्षेत्रमा लगाउनुपर्ने बताए ।

अध्यक्ष मल्लले सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न आईटी कम्पनीहरु खोल्नुपर्ने बताए । उनले आईटी क्षेत्रलाई प्रवर्द्धन गर्नसके नेपालमा रोजगारी सिर्जना हुनुका साथै विदेश पलायन भइरहेका नेपाली विद्यार्थीहरुलाई नेपालमै रोक्न सकिने बताए ।

उनले भने, ‘सञ्चार तथा प्रविधि क्षेत्रमा फड्को मार्ने कुराहरुमा अलिकति हामी सरकारी नीति, नियम र एकद्वार प्रणाली सेवा नभएर पछि परेको हो की भन्ने लागेको छ । हामी सूचना प्रणालीमा धेरै अघि हुनुपर्ने हौँ । तर क्यान इन्फोटेकले अन्तर्राष्ट्रिय स्तरमा लगेको छ । अबका दिनमा हामीले मुलुकलाई डिजिटलाइजेशनमार्फत सूचना प्रविधि प्रणालीलाई विकास गरेर आत्मनिर्भर बनाउनेतिर जानुपर्छ ।

आइटी क्षेत्रमा लागेका व्यक्तिलाई यो क्षेत्रमा पार्ट टाइमको काम गर्ने व्यवस्था गर्नुपर्छ । उद्योग व्यवसाय क्षेत्रमा विद्यार्थीहरुलाई लगाउने काम मुलुकले गर्नैपर्छ ।’ अध्यक्ष मल्लले कुनैपनि विदेशी कम्पनी नेपालमा आउँदा कम्पनीमा ज्वाइन्ट भेन्चर्स सिस्टम लागू गर्न आवश्यक रहेको बताए ।

उनले विदेशी कम्पनीहरुसँग नेपालका कम्पनीहरुले पनि धेरै कुरा सिक्न आवश्यक रहेको बताए । उनले देशको अर्थतन्त्रको सूचक नकारात्मक रहेकाले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लाग्नुपर्ने बताए । उनले हहिले बैंकको ब्याजदर पनि घट्नसक्ने अवस्था रहेको बताए ।

उनले भने, ‘विदेशी कुनैपनि कम्पनी नेपालमा आउँछ भने प्रतिनिधिका रुपमा नभएर साझेदारका रुपमा नेपाली इन्जिनियरहरुलाई समेत राख्नु पर्ने व्यवस्था गर्नुपर्छ । ठूला आईटी कम्पनीहरुसँग नेपालका कम्पनीले पनि सिक्नुपर्छ ।

अहिले जुन किसिमको देशमा अर्थतन्त्रको सूचक नकारात्मक छ, यसलाई आत्मनिर्भर बनाउनुपर्छ ।’अध्यक्ष मल्लले बैंकहरुले ऋण प्रवाह गर्ने दर एउटै बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार १५:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२