टर्की भूकम्पको त्रासद : ४८ सय बढीको मृत्यु, पीडितको चित्कारले मुटु फुटाउँछ

लोकपथ
39
Shares

एजेन्सी । टर्कीमा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या चार हजार ८ सयभन्दा बढी भएको छ । हजारौं व्यक्ति घाइते भएका छन् । भूकम्पले ध्वस्त भएका संरचनाहरुमा च्यापिएकाहरुको खोजी जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

भूकम्पमा परेर आफन्तजन गुमाएका र घाइते भएका पीडितको चित्कार र क्रन्दनले जोसुकैको मुटु चिरा पर्ने वातावरण रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । हालसम्म ६५ देशका २६ सय ६० उद्धारकर्मीहरु बचाउ अभियानमा जुटेको बीबीसीले जनाएको छ । टर्कीकै करिब १४ हजार उद्धारकर्मी लगातार बचाउ कार्यमा जुटेका छन् ।

६२९ क्रेन तथा ३६० वाहन उद्धार कार्यका लगाइएको जनाइएको छ । लगतारजसो पानी पर्दा उद्धार र राहतमा कठिनाई परेको छ । ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प र त्यसपछि आएका झण्डै उत्रै क्षमताका परकम्पले सिरियानजिक केन्द्रबिन्दू रहेको टर्कीको क्षेत्रलाई ध्वस्त बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?