१७ चैत्र २०७९, शुक्रवार

फागुन १ गते ‘जनयुद्द’ दिवस मनाउने कर्णाली सरकारको निर्णय, सार्वजनिक बिदा दिइयो

२०७९,माघ,२४,मंगलवार १३:५३

36
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी फागुन १ गते जनयुद्द दिवस मनाउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते जनयुद्द दिवस मनाउने निर्णय गरेको हो ।

सो दिन कर्णाली प्रदेशभर प्रदेश र स्थानीय तहका कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।

सोको सूचना प्रदेश राजपत्रमा नै प्रकाशन गर्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

त्यसैगरी बैठकले कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जीसीलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार १३:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधारबाट उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि मन्त्रालय पुगेर

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदबारस्थित

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट चितवन–२ मा रामप्रसाद न्यौपाने सिफारिस भएका छन्। एमाले जिल्ला अध्यक्षमा समेत रहेका

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८