१५ चैत्र २०७९, बुधबार

सुदूरपश्चिम प्रदेश : नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा संकट पैदा

२०७९,माघ,२४,मंगलवार १३:४४

54
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिँदैछन् ।

सरकारलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । त्यससँगै सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ ।

पार्टीका नेता रेशम चौधरी लगायत बन्दीहरुको रिहाइ नभएसम्म कसैलाई पनि विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टीको माग रहेको छ ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएपनि रावलले उन्मुक्तिलाई मिलाउन सकेका छैनन् ।

उनलाई उनको दल नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन रहेको थियो ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ। तर अहिलेसम्म माओवादीका ११, एमालेका १० र राप्रपाको १ सांसद उनको पक्षमा रहेका छन् । तर नागरिक उन्मुक्तिले समर्थन नगर्दा थप संकट पैदा भएको हो ।

हाल सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र स्वतन्त्र एक सांसद रहेका छन् ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार १३:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२