शेखर कोइराला भन्छन्– ‘राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार जिताउँछौँ, सरकारमा जाँदैनौँ’

लोकपथ
42
Shares
df]/ª, !& k’; . g]kfnL sf+u|];sf s]Gb|Lo ;b:o Pj+ k|ltlglw;ef ;b:o 8f z]v/ sf]O/fnf jLkL ljrf/ /fli6«o ;dfh k|b]z g+ ! ;ldltåf/f cfOtaf/ lj/f6gu/df cfof]lht …ablnPsf] /fhgLlt, r’gf}ltx? / /fli6«o tyf d]nldnfksf] cfjZostf ljifo ;+uf]i7Ldf dGtJo JoSQ ub}{ . tl:a/ M dgf]h bfxfn, /f;;

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अन्य राजनीतिक दलहरुसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई जिताउने बताएका छन् ।

नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘२५ फागुनमा के हुन्छ भन्ने प्रश्न होला। राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिन्छ र त्यो निर्वाचन जिताउने हाम्रो जिम्मेवारी छ। कांग्रेसकै उम्मेदवारले जित्छ।’ उनले भने ।

कांग्रेसकै मात्रै मतले राष्ट्रपति बनाउन नसकिने भन्दै अन्य राजनीतिक दलको समेत साथ खोजिने उनले बताए ।

नेता कोइरालाले भने, ‘अन्य दलहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता छ। कांग्रेसको भोटले मात्रै राष्ट्रपति जित्न सक्दैन ।’

राष्ट्रपतिमा अन्य राजनीतिक दलको साथ खोजिए पनि सरकारमा भने कांग्रेस नजाने उनले बताए ।

‘हामी सरकारमा जाँदैनौं, प्रतिपक्षमै बस्छौं ।’ कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?