१५ चैत्र २०७९, बुधबार

पेरुमा पहिरोमा परी ३६ जनाको मृत्यु

२०७९,माघ,२४,मंगलवार १२:४७

18
Shares

काठमाडौं । पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो । दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि कैयौँ व्यक्ति हराएका छन् ।

उनीहरु पुरिएको आशंका गरिएको बताइएको छ । सोमबार आएको पहिरोबाट सोमबार रातिसम्म ३६ जनाको ज्यान गएको बताइएको छ । नेसनल सिभिल डिफेन्सका अधिकारीहरुका अनुसार पहिरोमा परेर मृत्यु भएकाहरुको शव राजमार्गमा भेटिएको थियो भने अरु कैयौँ व्यक्ति पुरिएको आशंकामा खोजी जारी राखिएको छ ।

यस प्रान्तमा गएको एक हप्तादेखि भारी मात्रामा वर्षा जारी रहेको छ । सो वर्षाका कारण यहाँका राजमार्गहरुमा पनि क्षति पुगेको छ ।सो वर्षा र बाढीका कारण यहाँ पहिरो आएको र यस प्रान्तका कैयौँ क्षेत्रमा भारी वर्षाले हजारौँ मानिस प्रभावित भएका छन् । प्रभावित भएका व्यक्तिहरुको उद्धारका लागि यहाँको सरकारले सुरक्षा निकाय तथा कैयौँ उद्धारकर्मी खटाइएको जनाएको छ ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार १२:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मेक्सिको । मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर

काठमाडौं । आगरा क्यान्ट स्टेसनबाट १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको वन्दे भारत एक्सप्रेस रेल गाईसँग ठोक्किएको छ । जसका कारण

काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिनले चीनको चुनौतीलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०२४ को बजेटमा रक्षा खर्च बढाइएको बताएका

प्रजातिको जङ्गली सङ्ख्यालाई बढाउँने उद्देश्यले कृत्रिम नस्लका करिब २३ हजार चिनियाँ स्टर्जनहरूलाई मङ्गलबार याङ्त्जे नदीमा छाडिएको छ । चिनियाँ वन्यजन्तु

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२