काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दालाल ‘प्रचण्ड’ सँग भेटघाट गरेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटघाट भएको हो ।
भेटघाटमा समसामयीक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो । त्यसको साथै राष्ट्रपति निर्वाचन र सरकार सञ्चालनको विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने बताएसँगै एमाले सशंकित बनेको छ । आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । तर प्रधानमन्त्रीले विपक्षी दल नेपाली कांग्रेससँग समेत राष्ट्रिय सहमति खोज्ने बताएसँगै त्यसको बारेमा अध्यक्ष ओलीले छलफल गरिरहेका छन् । यसअघि सोमबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री प्रचण्डले ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत छलफल गरेका थिए ।
त्यसो त तत्कालिन कांग्रेससहितको गठनबन्धनका कुरा नमिलेपछि एमालेको मुख्य भूमिकामा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यसअघि ओली प्रचण्डबीच कटाक्षको सम्बन्ध थियो । पूर्ववर्ती गठबन्धन फुटाउने सपना पालेका ओलीले कटूतापूर्ण सम्बन्ध भए पनि प्रचण्डलाई प्रधानमन्त्री बनाएर राष्ट्रपतिसहित अन्य मुख्य पदहरुमा एमालेको उपस्थिती गराउने पक्षमा छन् ओली । तर राष्ट्रपतिमा कांग्रेससहित राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको धारणा सार्वजनिक भइरहेका बेला ओलीले प्रचण्डसँग निरन्तर संवाद गरेर राष्ट्रपति पनि एमालेबाटै बनाउने बरु एमालेकै उम्मेदवारमा राष्ट्रिय सहमति गराउने पक्षमा रहेका छन् ।
जसको कारण उनी दिनहुँजस्तो प्रधानमन्त्रीसँग छलफल र परामर्श गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया