विप्लवले बोलाए विशेष पत्रकार सम्मेलन

लोकपथ
156
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले विशेष पत्रकार सम्मेलन बोलाएका छन् ।

विप्लवले बुधबार दिउँसो १ बजेका लागि विशेष पत्रकार सम्मेलन बोलाएका हुन् ।

राष्ट्रिय नाचघरमा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आफ्ना मागहरुका बारेमा विप्लवले जानकारी दिनेछन् ।

बैठकमा महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, सचिवालय, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरु समेत सहभागि हुनेछन् ।

केहीदिन अघि विप्लव र प्रकान्डले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य माओवादी नेताहरुसँग समेत भेटघाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?