१५ चैत्र २०७९, बुधबार

मधेश प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता : १ मन्त्री र राज्यमन्त्रीसहित माओवादी पनि सहभागि

२०७९,माघ,२४,मंगलवार ११:१५

27
Shares

काठमाडौं । मधेश प्रदेश सरकारमा माओवादी केन्द्र पनि सहभागि भएको छ ।

लामो छलफलपछि मुख्यमन्त्री सरोज यादवले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् ।

माओवादीबाट उद्योग वन तथा पर्यटनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारी नियुक्त भएका हुन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आज दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

यसअघि गत पुस २९ गते तीन मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त भएका थिए । त्यससँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । हाल मुख्यमन्त्रीसहित १० मन्त्री र ४ राज्यमन्त्री रहेका छन् ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार ११:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२
दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३