१५ चैत्र २०७९, बुधबार

टर्कीमा फेरि अर्को भूकम्पको धक्का महसुस

२०७९,माघ,२४,मंगलवार ११:१७

108
Shares

काठमाडौं । टर्कीमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा मंगलबार बिहान ५.५ रिक्टर स्केलको भूकम्पमापन गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणको वेबसाइटका अनुसार टर्कीमा मंगलबार पनि ठूलो भूकम्पको धक्का महसुस गरिएको थियो । वेबसाइटका अनुसार बिहान करिब ९:४५ मा भूकम्पको धक्का ५.५ रिक्टर स्केलमा मापन गरिएको थियो।

सोमबार गएको भूकम्पका कारण टर्की र सिरियामा चार हजारभन्दा बढी भवनहरु ध्वस्त भएका छन् । बीबीसीका अनुसार भूकम्पमा घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको छ । भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरै नागरिकले ज्यान गुमाएका छन् । दुवै देशमा भूकम्पका कारण मृत्यु हुनेको संख्या चार हजार नजिक पुगेको छ ।

सोमबार गएको भूकम्पमा २० हजारभन्दा बढी मानिसको ज्यान गएको डब्लुएचओका वरिष्ठ अधिकारीहरुको अनुमान छ । हाल विश्वका विभिन्न देशहरुबाट राहत पठाइएको छ भने उद्धार कार्य जारी रहेको छ ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार ११:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मेक्सिको । मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । आगरा क्यान्ट स्टेसनबाट १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको वन्दे भारत एक्सप्रेस रेल गाईसँग ठोक्किएको छ । जसका कारण

काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिनले चीनको चुनौतीलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०२४ को बजेटमा रक्षा खर्च बढाइएको बताएका

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२