१५ चैत्र २०७९, बुधबार

आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?

२०७९,माघ,२४,मंगलवार ०८:३८

27
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी विनिमय दर तय गरेको छ।

जसअनुसार अमेरिकी डलरको भाउ १ रुपैयाँ ४४ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददरमा १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार अमेरिकी डलरको खरिदमूल्य १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भएको थियो।

युरोपियन युरो आज एक रुपैयाँ १३ पैसाले उकालो लागेर यसको खरिदमा १४२ रूपैयाँ १५ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७९ पैसा कायम गरिएको छ। सोमबार यसको खरिददर १४१ रूपैयाँ २ पैसा र बिक्रीदर भने १४१ रूपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलरको मूल्य ५७ पैसाले उकालो लागेर यसको खरिदमूल्य ९१ रूपैयाँ र बिक्रीमा ९१ रूपैयाँ ४१ पैसा तोकिएको छ । यसअघि सोमबार यसको खरिददर ९० रूपैयाँ ४२ पैसा र बिक्रीमा ९० रूपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।
यसैगरी बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५९ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा पाउण्ड एक रुपैयाँ ४१ पैसाले बढेको हाे । सोमबार यसको खरिददर १५७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १५८ रूपैयाँ १८ पैसा तोकिएको थियो ।

 

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार ०८:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बुधबार नेपाली बजारमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले

काठमाडौं । यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले मिटर ब्याज पीडितलाई आर्थिक सहयोग गरेको छ । मंगलबार दिउँसो आन्दोलरत पीडितहरुलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई रु एक लाखसम्मको कारोबारमा सरलीकृत

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२