१६ चैत्र २०७९, बिहीवार

अफगानिस्तानमा चार हजार ५०० लागु औषध दुर्व्यसनी पक्राउ

२०७९,माघ,२३,सोमवार १७:४०

63
Shares

काठमाडौं । अफगानिस्तानको काउन्टर कोर्कोटिक्स प्रहरीले गत हप्ता पश्चिमी हेरात प्रान्तका विभिन्न स्थानबाट चार हजार ५०० लागुऔषध दुर्व्यसनीहरूलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई पुनःस्थापना केन्द्रमा पठाइएको सरकारी बख्तर समाचार एजेन्सीले सोमबार उल्लेख गरेको छ ।

दुर्व्यसनीमा फसेका व्यक्तिहरू निको भएर परिवारमा समाहित हुने अपेक्षा गरिएको प्रान्तीय पुनर्स्थापना केन्द्रका प्रमुख फैजुद्दीन रहिमीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

यस अवधिमा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा विभिन्न स्थानबाट ७०० भन्दा बढी व्यक्तिलाई पनि पक्राउ गरिएको सञ्चारमाध्यमले जनाएको छ । यसै बीच प्रहरीले सो प्रान्तमा २३ वटा लागुऔषध प्रशोधन प्रयोगशाला नष्ट गरेको बताइएको छ ।

हाल हेरातको पुनःस्थापना केन्द्रमा चार सय लागुऔषध दुर्व्यसनीले उपचार गराइरहेका छन् । केन्द्रका प्रमुख रहिमीले प्रदेशमा लागुऔषधको दुर्व्यवहारलाई जरैदेखि उखेल्ने प्रयास गरिरहेको बताएका छन् ।

यसअघि जनवरी १२ गते पनि प्रतिरक्षा प्रहरीले हेरात प्रान्तका विभिन्न भागबाट लागुऔषध दुव्र्यसनीलाई नियन्त्रणमा लिएर पुनःस्थापना केन्द्रमा पठाएको थियो।

प्रकाशित मिति: २०७९,माघ,२३,सोमवार १७:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका

काठमाडौं । रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहेका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन

काठमाडौं । अमृतपाल पञ्जाब प्रहरीबाट भाग्न सफल भएका छन् । भारतीय सञ्चार माध्यम पत्रिमा डट कमका अनुसार अमृतपाल सिंह एक

श्रीलङ्का । श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने

ताजा समाचार

मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२
लोसपाबाट शरदसिंह भण्डारी मन्त्री बन्ने
 २०७९,चैत्र,१६,बिहीवार १२:१७