टर्की भूकम्पमा मृतकको संख्या १२ सय नाघ्यो, शक्तिशाली परकम्पले जनजीवन त्रस्त

लोकपथ
169
Shares

काठमाडौं । टर्की भूकम्पमा परि मृत्यु हुनेको संख्या एक जार दुई सय नाघेको छ ।

बारम्बार आएको शक्तिशाली परकम्पले जनजीवन त्रस्त बनेको छ ।

आज बिहान ७ दशमलव ८ म्याग्निच्यूटको शक्तिशाली भूकम्प जाँदा ठूलो संख्यामा जनधनको क्षति भएको हो । विहानपछि पनि लगातारजसो परकम्पहरु गइरहेका छन् ।
जसमध्ये नेपाली समयअनुसार दिउँसो ४ बजेर ९ मिनेटमा गएको ७ दशमलव ५ म्याग्निच्यूटको अर्को शक्तिशाली परकम्पले थप क्षति पुर्याएको जनाइएको छ ।

भूकम्पबाट टर्कीका अलवा छिमेकी देश सिरियामा पनि ठूलो क्षति पुगेको जनाइएको छ । दुई देशमा गरेर अहिलेसम्म १ हजार दुई सय भन्दा धेरैको मृत्यु भएको समाचार संस्था बीबीसीले जनाएको छ ।

टर्कीमा मात्र ५ हजार तीन सय जना घाइते भएका छन् । सिरियामा पनि ३२० जनाको मृत्यु भएको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

भूकम्पबाट भत्किाएका भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?