१६ चैत्र २०७९, बिहीवार

२४ प्रतिशले बढ्यो रेमिट्यान्स : ६ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब रुपैयाँ

२०७९,माघ,२३,सोमवार १७:२३

36
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मुलुकले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय रेमिट्यान्स रकम अर्थात विप्रेषण आप्रवाह बढेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी चालु आर्थिक बर्षको पुस मसान्तसम्मको प्रतिवेदन अनुसार विप्रेषण अर्थात रेमिट्यान्स आप्रवाह २४ दशमलव तीन प्रतिशतले बढेर पाँच खर्ब ८५ अर्ब आठ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव नौं प्रतिशतले वृद्धि भई चार अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव सात प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो छ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४ दशमलव छ प्रतिशतले वृद्धि भई दुई लाख ७५ हजार छ सय ४३ पुगेको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि चालु आवको पछिल्लो अवधिमा नौं दशमलव पाँच प्रतिशतले बढेर एक लाख ४२ हजार पाँच सय ४८ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ९८ दशमलव एक प्रतिशतले बढेको थियो । चालु आवको पछिल्लो अवधिमा खुद ट्रान्सफर २२ दशमलव सात प्रतिशतले वृद्धि भई छ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर चार दशमलव चार प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: २०७९,माघ,२३,सोमवार १७:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १

काठमाडौँ । राष्ट्रिय किसान आयोगले यस वर्ष कृषकले रासायनिक मल नपाएकाले अविलम्ब मलको सहज व्यवस्थापन गर्न माग गरेको छ ।

काठमाडौंं । जुरे पहिरो पीडितले मागबमोजिम नगदै राहत पाउने भएका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार अब जिल्ला

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२