१५ चैत्र २०७९, बुधबार

सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन : शेखर कोइराला

२०७९,माघ,२३,सोमवार १७:१८

45
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्।

राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन्। सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले भने, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।”

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उहाँको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।

फरक प्रसङ्गमा उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताए। लोकतन्त्रबिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए। “आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशीलता चाहिन्छ”, उनले भने, “सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।”

प्रकाशित मिति: २०७९,माघ,२३,सोमवार १७:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच वार्ता जारी

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३