सत्तारुढ गठबन्धन टिकाई राख्न जरुरी छ : उपमहासचिव ज्ञवाली

लोकपथ
143
Shares
eQmk’/, @# df3M /kmt ;~rf/ Snasf] jflif{sf]T;j g]kfn sDo’lgi6 kf6L{ -Pdfn]_sf g]tf k|bLk 1jfnL /kmt ;~rf/ Sna eQmk’/sf] !# cf}F jflif{sf]T;j sfo{qmddf z’esfdgf sfdgf dGtJo JoQm ug'{x’Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्वमन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन् ।

राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढन पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको उनको तर्क थियो ।

रफ्त सञ्चार क्लवले सोमबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतीलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरु दृढतापूर्वक उभिनुपर्ने पनि बताए । उनले कांग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्वपूर्ण अंगहरुमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकीर समेत गरे ।

उपमहासचिव ज्ञवालीले भने, ‘जहाँसम्म राष्ट्रपति निर्वाचनको कुरा छ । हिजो पुस १० गते जे समझदारी भएको छ । यो सरकार बनाउने राजनीतिक दलहरुको बीचमा । त्यो समझदारी दृढतापूर्वक कार्यान्वयन हुनु पर्दछ । नेपाली काँग्रेसले एकातिर प्रतिपक्ष हुनु पाउँ भनेर संसद सचिवालयमा निवेदन पनि दिने । अर्कोतिर सत्ताका महत्वपूर्ण अंगहरुमा हिस्सेदारी पनि खोज्ने । त्यो कहिँ पनि मिलेन । लोकतन्त्रको एउटा बलियो पक्ष भनेको एउटा सशक्त प्रतिपक्ष हो । सशक्त प्रतिपक्षको अभावमा लोकतन्त्र कमजोर हुन्छ । नियन्त्रण र सन्तुलन खल्बलिन्छ । तर सत्ताबाट हटनु परेको डेढ महिनामै त्यो ढंगको छटपटी जुन देखिएको छ । त्यो कतै पनि राम्रो कुरा हो भन्ने मलाई लाग्दैन । त्यसो भएर अहिले सत्ता गठबन्धनलाई टिकाई राख्ने, त्यही हिसावले राष्ट्रपति निर्वाचन सम्पन्न गर्ने र अहिले देखा परेका राजनीतिक अस्थिरता र अन्यौलहरु हटाएर अगाडि बढन जरुरी छ । ’

उपमहासचिव ज्ञवालीले कांग्रेसमा सत्ताबाट हटनु परेको छटपटी शुरु भएको आरोप समेत लगाए । उनले लोकतन्त्रलाई कमजोर बन्न नदिन पनि कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?