रविको अरण्यरोदन र आरोपितहरुको दायित्व

राजन कुईंकेल
1.3k
Shares
????????? ????????? ???????? ?????? ????????? ???????? ??????????? ?????? ????? ??????? ????????? ??????? ?????? ?????????? ???????? ??????? ??? ???????? ? ??????? ??????? ??????? / ????

रवि लामिछाने चिनाइरहनुपर्ने नाम होइन । नेपालमा रहँदा गरेको सञ्चारकर्म, नेपाल छाडेर अमेरिका पुगेपछिको कर्म र त्यसपछि नेपाल आएर टेलिभिजनमा जोडिँदाका उनका कर्महरु नै हुन्, उनका परिचय । उनीबाट क–कसले लाभ लिए र उनले क–कसबाट, कसरी लाभ लिए पाउने र दिनेहरु नै जानून् । ख्याती, प्रख्याती र कुख्याती जे पाए या बनाए त्यहीं मार्गले उनलाई एक सञ्चारकर्मीबाट राजनीतिकर्मीको ट्यागसम्म भिरायो ।

समकालिन राजनीतिको विकृति, विसंगति र कर्तूतहरुलाई उधिन्नेक्रममा उनले कमाएको वाहवाहीले उनलाई नयाँ पार्टीको सभापति मात्र बनाएन, चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि सांसद नै बनायो । त्यही सांसद पदले उनलाई त्रिशंकू बनोटको संसदमार्फत् देशकै उपप्रधान एवं गृह मन्त्रीको जिम्मेवारी दिलायो । फरकचाहिँ के थियो भने, चुनावअघि उनले जुन जुन पात्रका विरुद्धमा घृणा ओकले, जसजसलाई रोक्छु भनेर कसम खाए, तिनैले बुनेको रणनीति (जाल) मा, तिनैको जयजयकार गरेर ती पद पाए ।

संविधान र कानूनले जे गर्न हुँदैन भनेको थियो, त्यो गरेको पाइएको तथा जे गर्नु भनेको थियो त्यो प्रक्रिया नै पूरा नगरेको देखेपछि अदालतले नागरिकता प्रकरणमा रविलाई दोषी करार गर्यो । फलतः आफ्नै मपाइँत्वका कारण एकै झड्कामा उनको सांसद, उपप्रधान एवं गृहमन्त्री र पार्टी सभापति पद गयो । मैले जे गरे पनि हुन्छ, कस्ले के गर्छ र ? भन्ने अहंताले सायद रविलाई लपेटेको थियो । उनी मात्र सही र अरु गलत भए उनी दोहोर्याएर प्रक्रिया पूरा गर्दै नागरिकता निकाल्न किन गए त ? आफूमाथि उठाइएका तमाम आरोपको उनी खण्डन गर्दैनन् बरु अरुले यस्तै गर्दा हुने मैले किन पालना गर्नुपर्ने ? भन्ने तर्कसहितको आक्रोश त्यहाँ देखिन्छ ।

तर, उनले देशकै उपप्रधान एवं गृहमन्त्रीको पदवी पाउने बेलासम्म उनीमाथि लागेको नागरिकता र दोहोरो राहदानीसम्बन्धि मुद्दाको सुनुवाई तत् निकायहरुबाट हुँदैथियो । उनको नागरिकता फर्जी रहेको आरोपसहित परेको उजुरीमा निर्वाचन आयोगले अनिर्णयको बन्दी बन्दै आफ्नो दायित्व अदालततिर पन्छाइदियो । उता अदालतले पनि आरोपको गाम्भीर्यताभन्दा रविलाई प्रतिष्पर्धामा जान बाटो खोलिदियो । चुनावमा रविले आँधीबेहरी सृजना गरे । प्रतिष्पर्धीभन्दा दोब्बर बढी मतान्तरले क्षेत्रबाट विजयको माला पहिरिए ।

चुनावपछि सत्ता राजनीतिको समीकरण बदलियो । नेपाली कांग्रेस नेतृत्वको हठले प्रधानमन्त्री नपाउने भएपछि तत्कालीन पाँच दलीय गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र नेकपा एमालेको शिविरमा हान्नियो । मौकाको ताकमा रहेका एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई प्रधानमन्त्री मात्र स्वीकारेनन्, संसदको चौथो र पाँचौं हैसियतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरुलाई समेत उपप्रधानसहितका राम्रा मन्त्रालय दिनेगरी आफ्नो शिविरमा ल्याइसकेका थिए ।

निर्वाचन अघिसम्म अमेरिकाको एउटा राजनीतिक दलको जस्तै चिह्न र झण्डा बोकेर नेपालको राजनीति गर्न आएको भन्दै लखेटेका रविलाई सत्ताको भर्याङका लागि आवश्यक पर्ने देखेपछि ओलीले राम्रैसँग काखी च्यापे । ओलीले आइतबारको संसद सम्बोधनमा समेत नागरिकता प्रकरणमा रविलाई दोषी देखाएर सर्वोच्च अदालतले अन्याय गरेको भन्दै अदालती आदेशको आलोचना गरे । रविविरुद्धको मुद्दा त अदालतमा विचाराधीन नै थियो । जब उनले गृह मन्त्रालयमै जान मरिहत्ते गरे तब, नेपाली सञ्चारमाध्यमहरुले उनको नागरिकता र दाहोरो राहदानी प्रकरणमा जुन निकायले छानबीन गरिरहेको छ, त्यसैमा मन्त्री बनाएर पठाउन र जान नहुने भन्दै समाचार, टिप्पणी र विचारहरु लेखिरहे ।

उनलाई मात्र होइन, उनकै अर्का श्रम मन्त्री र राप्रपाबाट शहरी विकास मन्त्री बनेका विक्रम पाण्डेका बारेमा पनि उसैगरी सतर्क गराएकै थिए । तर, उनले कसैका कुरा सुनेनन् । बरु, आफ्नो पद जानुमा एउटै कारक आफ्ना गल्ती औल्याएर समाचार लेख्ने पत्रकार र उक्त सञ्चारमाध्यमलाई शत्रू देखे । र आइतबारे पत्रकार सम्मेलनमा एक/एकको उछित्तो काँढ्दै धज्जी उडाए । कसैसँग तर्सिन्न भने । आफ्नो आलोचनामा समाचार लेखे समर्थक उचालेर सञ्चारमाध्यम नै घेर्ने धम्की दिए ।

अदालतले रविसँग यस प्रकरणमा बुझ्नुपर्ने सबै निस्सा प्रमाण बुझ्यो । कर्तब्यच्यूत भएका गृह मन्त्रालयमातहतका निकाय र महान्यायाधिवक्ता कार्यालयसमेतले रविलाई सफाई दिनेगरी वकालतनामा चढाए । बरु, रविले नै अमेरिकी नागरिकता लिएपछि र त्यागेपछि आफूसँग रहेको नागरिकता नयाँ प्रक्रिया अपनाएर नलिएको, त्यसैका आधारमा नेपाली राहदानी पनि बनाएको, आफूसँग केही वर्ष अमेरिकी र नेपाली राहदानी रहेको स्वयं स्वीकारे । जुन तथ्यलाई आइतबार नेपाली सञ्चारमाध्यम र केही पत्रकारविरुद्ध विषवमन गर्दा पनि स्वीकारेका छन् ।

संविधान र कानूनले जे गर्न हुँदैन भनेको थियो, त्यो गरेको पाइएको तथा जे गर्नु भनेको थियो त्यो प्रक्रिया नै पूरा नगरेको देखेपछि अदालतले नागरिकता प्रकरणमा रविलाई दोषी करार गर्यो । फलतः आफ्नै मपाइँत्वका कारण एकै झड्कामा उनको सांसद, उपप्रधान एवं गृहमन्त्री र पार्टी सभापति पद गयो । मैले जे गरे पनि हुन्छ, कस्ले के गर्छ र ? भन्ने अहंताले सायद रविलाई लपेटेको थियो । उनी मात्र सही र अरु गलत भए उनी दोहोर्याएर प्रक्रिया पूरा गर्दै नागरिकता निकाल्न किन गए त ? आफूमाथि उठाइएका तमाम आरोपको उनी खण्डन गर्दैनन् बरु अरुले यस्तै गर्दा हुने मैले किन पालना गर्नुपर्ने ? भन्ने तर्कसहितको आक्रोश त्यहाँ देखिन्छ ।

आलोचना र धम्की उनले मिडिया हाउस र पत्रकारलाई मात्र दिएनन्, सामाजिक सञ्जालमा उनका गलत क्रियाकलापको टिप्पणी गर्नेसम्मलाई दिन भ्याए । अर्थात् रविले सञ्चारकर्ममा रहँदा र राजनीतिमा उक्लँदाको द्वैध चरित्र मात्र देखाएनन्, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति उनको कुन खाले रवैया रहेछ भन्ने असलीयत देखाए । उनी निर्मम आलोचक हुन् तर आलोचना सुन्ने र ब्यहोर्ने धैर्य भएका व्यक्ति होइनन् भन्ने पनि पुष्टि गरे ।

अर्कातिर उनले आफ्ना टेलिभिजन कार्यक्रमहरुमा कानून, विधि पालना र पारदर्शीताको कुरा वर्षौसम्म गरेका थिए । एक हदसम्म उनले समाजमा रहेका बेथितिलाई ती कार्यक्रममा स्थान दिए । आवाज नहुनेहरुका आवाज ती कार्यक्रममा बज्थे पनि । ठूला भनिएका दलहरुबाट वाक्कदिक्क भएका सबैले रास्वपाको आगमनमा एउटा आशाको झिल्को देखेका थिए । त्यसैले पनि मूलधारे पत्रकारिताका पत्रकारहरुले रविलाई आफ्नो चूक भएको स्थान औंल्याइदिरहेका थिए । कि, तिमी गृह मन्त्रालयमा जानु भनेको स्वार्थको द्वन्द्व बझान (कन्फ्लिक्ट अफ इन्ट्रेष्ट) हो है भनेर । जबकी उनी सुशासन र पारदर्शीताका लागि राजनीतिमा आएको बताउँदै आएका थिए । प्रधानमन्त्रीदेखि गठबन्धनका नेता केपी ओलीलाई पनि उत्तिकै खबरदारी गरिरहेकै थिए ।

उनलाई मात्र होइन, उनकै अर्का श्रम मन्त्री र राप्रपाबाट शहरी विकास मन्त्री बनेका विक्रम पाण्डेका बारेमा पनि उसैगरी सतर्क गराएकै थिए । तर, उनले कसैका कुरा सुनेनन् । बरु, आफ्नो पद जानुमा एउटै कारक आफ्ना गल्ती औल्याएर समाचार लेख्ने पत्रकार र उक्त सञ्चारमाध्यमलाई शत्रू देखे । र आइतबारे पत्रकार सम्मेलनमा एक/एकको उछित्तो काँढ्दै धज्जी उडाए । कसैसँग तर्सिन्न भने । आफ्नो आलोचनामा समाचार लेखे समर्थक उचालेर सञ्चारमाध्यम नै घेर्ने धम्की दिए ।

अब कुरा गरौं, रविले नाम लिएका १२ भाइ सम्पादक र केही मिडिया सञ्चालकमाथि लगाइएको आरोपबारे । तथ्यगत प्रश्न उठाइएका छन् भने तिनको आम जनताले बुझ्ने गरी जवाफ वा सफाई दिनै पर्दछ । नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन जस्ता संस्थाले दिएको विज्ञप्ति नै उनीहरुका लागि सफाईको आधार बन्नुहुन्न ।

आलोचना र धम्की उनले मिडिया हाउस र पत्रकारलाई मात्र दिएनन्, सामाजिक सञ्जालमा उनका गलत क्रियाकलापको टिप्पणी गर्नेसम्मलाई दिन भ्याए । अर्थात् रविले सञ्चारकर्ममा रहँदा र राजनीतिमा उक्लँदाको द्वैध चरित्र मात्र देखाएनन्, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति उनको कुन खाले रवैया रहेछ भन्ने असलीयत देखाए । उनी निर्मम आलोचक हुन् तर आलोचना सुन्ने र ब्यहोर्ने धैर्य भएका व्यक्ति होइनन् भन्ने पनि पुष्टि गरे ।

हुँदाहुँदा असान्दर्भिक व्यक्तिहरुलाई निशाना साँधे । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म थिए । उनी कति लामो यात्राका घोडा हुन् भन्ने पनि उनको यो ‘सर्ट टेम्पर’ शैलीले देखायो । पद गुमाउँदा र कानून पालना गर्न बाध्य हुनुपर्दाको पीडा र आक्रोश पोख्दा उनले आफ्ना अन्धभक्तहरुलाई उत्तेजित पार्न र केही मसला भर्न भने सफल भएका छन् । जसको परिणाम/दूष्परिणाम आउँदा दिनमा देखिएला नै ।

अब कुरा गरौं, रविले नाम लिएका १२ भाइ सम्पादक र केही मिडिया सञ्चालकमाथि लगाइएको आरोपबारे । तथ्यगत प्रश्न उठाइएका छन् भने तिनको आम जनताले बुझ्ने गरी जवाफ वा सफाई दिनै पर्दछ । नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन जस्ता संस्थाले दिएको विज्ञप्ति नै उनीहरुका लागि सफाईको आधार बन्नुहुन्न ।

‘कैलाश सिरोहियालाई पैसा खुवाइए’ पछि बन्द गरिएको दाबी गर्दै रविले ‘उहाँले कारबाही भोग्नु नपर्ने ? उहाँ महाराज ?’ भन्ने प्रश्न गरेका छन् । पक्कै पनि सार्वजनिक ‘डोमिन’ मा यस्ता प्रश्न आइसकेपछि यसको तथ्यपरक जवाफ दिने दायित्व कान्तिपुर मिडिया ग्रुप, सिरोहिया स्वयं र नेपाल प्रहरीको काँधमा आएको छ । यी प्रश्न अनुत्तरित रहनु भनेको आफ्नो गल्ती ढाकछोप गर्न रविले सृजना गर्न खोजेको भ्रमको पर्दा अझ बलियो हुनु हो । यसमा सम्बन्धित पक्षको ध्यान जाओस् ।

केही पत्रकार र सम्पादकमाथि उनले लगाएका आक्षेप र सन्दर्भ छलफलयोग्य नरहेको मात्र होइन, तल्लोस्तरकै छ । मेरोबारेको ट्वीट गर्ने ? तँलाई पनि भनिदिउँ त, भन्ने बचकाना शैली छ । तर, केही गम्भीर प्रश्नको जवाफ भने मिडिया सञ्चालकहरुले दिनै पर्दछ । खासगरी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र प्राइम टेलिभिजनका ऋषि धमलाका सन्दर्भमा । करिब एक दशक सञ्चारकर्ममा रहँदा उनैले नउठाएका तर अरु कुनै सञ्चारमाध्यमले नै प्रकाशन गरेको मिडिया रिपोर्टलाई उधिन्दै रविले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रश्न गरेका छन् ।

जसमा २०७२ साल मंसिर २६ गते शनिबार माइतीघर मण्डलामा बा. २ च ६१०० सेतो रंगको कार दुर्घटना भएको र त्यो कार र कार चालक सिरोहियाका जेठा छोरा सम्भव सिरोहियाको भन्दै उनले मदिार सेवन गरेकाले उक्त घटना लुकाइएको र प्रहरी पनि मतियार रहेको आरोप रविले लगाएका छन् । सिरोहियालाई नै जोडेर सोल्टी होटल प्रकरणबारे पनि जवाफ मागेका उनले त्यस घटनामा पनि प्रहरीले कुनै अनुसन्धान नगरेको आरोप लगाएका छन् । सिरोहिया नै जोडिएको अजय सुमार्गीसँगको काण्ड भन्दै उनले कान्तिपुरलाई सित्तैमा ‘गोल्डेन शेयर’ नदिए कसैले पनि ठूलो व्यवसाय शुरु गर्नै नसक्ने आरोप लगाएका छन् ।

चन्द्रागिरी हिल्सका विषयमा कान्तिपुरले पटकपटक गरेको फलोअप ‘कैलाश सिरोहियालाई पैसा खुवाइए’ पछि बन्द गरिएको दाबी गर्दै रविले ‘उहाँले कारबाही भोग्नु नपर्ने ? उहाँ महाराज ?’ भन्ने प्रश्न गरेका छन् । पक्कै पनि सार्वजनिक ‘डोमिन’ मा यस्ता प्रश्न आइसकेपछि यसको तथ्यपरक जवाफ दिने दायित्व कान्तिपुर मिडिया ग्रुप, सिरोहिया स्वयं र नेपाल प्रहरीको काँधमा आएको छ । यी प्रश्न अनुत्तरित रहनु भनेको आफ्नो गल्ती ढाकछोप गर्न रविले सृजना गर्न खोजेको भ्रमको पर्दा अझ बलियो हुनु हो । यसमा सम्बन्धित पक्षको ध्यान जाओस् ।

अर्कातिर प्राइम टिभीका सञ्चालक ऋषि धमलामाथि ‘सर्कसको जोक्कर’ भन्ने जस्तो तल्लोस्तरको टिप्पणी गरेका रविले उनको पूर्व सञ्चारसंस्था ग्यालेक्सीका सञ्चालक जीबी राईसँग पाँच करोड लिएको आरोप लगाएका छन् । यसको जवाफ पनि ऋषिले तथ्यपरक ढंगले दिन सकेनन् भने उनको सार्वजनिक जीवनमाथि प्रश्न उब्जिरहनेछ ।

हुनत, आफ्नैबारेमा ‘म एकदमै धेरै बौद्धिक मान्छे होइन ।’ ‘मैले आज लेभलमा नरहेर कुरा गरेको जस्तो लाग्यो होला । चौबाटोमा रक्सी खाएर कुरा गरेजस्तो भयो । म तल झरेकै हो,’ भनेर स्वीकारेका रविले समकालीन पत्रकारिताका इने गुनेका सम्पादकहरुमाथि लगाएका आरोपको स्तर कतिछ भन्ने पाठक स्वयंले परीक्षण गरुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?