प्रचण्डको काँधमा प्रधानमन्त्रीसहित ५ मन्त्रालयको जिम्मेवारी

लोकपथ
78
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को काँधमा प्रधानमन्त्रीसहित ५ मन्त्रालयको जिम्मेवारी परेको छ ।

यसअघि नै रिक्त रहेका दुई मन्त्रालय र गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि सो मन्त्रालयको समेत जिम्मेवारी रहेको थियो ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्वय शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका थिए । त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम दुई मन्त्रालयको जिम्मेवारी समेत प्रचण्डलाई तोकेकी हुन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रधानमन्त्रीले यसअघि मन्त्रीपरिषद् विस्तार हुँदा खेलकुद र बन मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?