१३ चैत्र २०७९, सोमवार

सामान्य अङ्कले बढ्यो नेप्से, १ अर्ब ४७ करोड बढीको कारोबार

२०७९,माघ,२३,सोमवार १५:५९

0
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ अङ्कले उकालो लागेर चार सय दुई दशमलव शून्य एकमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कूल ३९ लाख २२ हजार दुई सय १६ कित्ता शेयर रु एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार छ सय ४५ मूल्यमा कारोबार भयो ।

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड ४५ लाख ७३ हजार बराबरको कारोबार भयो । यस्तै युनिभर्सल पावर कम्पनी र पाँच करोड ३५ लाख ७९ हजार नेपाल लाइफ इन्स्योरेन्स रु चार करोड ८९ लाख ६० हजार नौ सय ३२, हिमालयन डिस्टिलरी रु चार करोड ७७ लाख सात हजार पाँच सय एक र आशा लघुवित्त रु चार करोड तीन लाख ७३ हजार नौ सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त पाँच दशमलव ५१, युनिभर्सल पावर चार दशमलव ९९, सिभिल लघुवित्त चार दशमलव शून्य पाँच र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले तीन दशमलव ८४ प्रतिशतले कमाएका छन् ।

यस्तै लक्ष्मी बैंकको ऋणपत्र नौ दशमलव ५८, बाराही हाइड्रोपावर चार दशमलव ६७, मिथिला लघुवित्त तीन दशमलव ८५, ग्लोबल आइएमई व्यालेन्स फण्ड एक तीन दशमलव ७५ र आरबिबी म्युचुअल फण्ड एकका लगानीकर्ताले तीन दशमलव ४३ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति: २०७९,माघ,२३,सोमवार १५:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्याङ्जाको गल्याङ नगरपालिकाले आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६