कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्सबीच सम्झौता

लोकपथ
117
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रा.लि.बीच कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आर्कषित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो ।

यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट-क्रेडिट कार्ड वाहकहरु तथा मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले माइकल ग्रिल्स प्रा.लि को मध्य बानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटमा विभिन्न सेवा सुविधा उपभोग गर्दा लाग्ने शुल्कमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याईरहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?