वामपन्थी शक्तिको विजय सुनिश्चित – अध्यक्ष ओली

 काठमाडौँ, ५ कात्तिक – नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन महामन्त्री तथा पूर्वराज्यमन्त्री मुस्ताक आलम आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।पार्टीका अध्यक्ष केपी ओलीले बालकोटमा उहाँलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी शक्तिको विजय सुनिश्चित रहेकोबताउनुभयो ।मुलुकको राष्ट्रियता संरक्षणका लागि एमालेले विगतमा निर्वाह गरेको भूमिकाका कारण अहिले उक्त पार्टीमा विभिन्न दलका नेता तथा कार्यकर्ताको प्रवेशको लहर चलेको विचार उहाँले व्यक्त गर्नुभयो ।उपाध्यक्ष वामदेव गौतमले पार्टीले लिएका सिद्धान्त र वैचारिक दृष्टिकोणले जनताको स्वाभिमान र राजनीतिक अधिकारलाई सुरक्षित गरी देशलाई आर्थिक समृद्धितर्फ लैजानसक्ने बताउनुभयो ।पूर्वराज्यमन्त्री आलमले मुलुकमा भएका विभिन्न परिवर्तनमा एमालेले लिएको नेतृत्व र राष्ट्रिय अखण्डतामा पार्टीले लिएको प्रष्ट दृष्टिकोणका कारण आफू सो पार्टीमा प्रवेश गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?