काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटघाट भएको हो ।
भेटमा विभिन्न राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ । राष्ट्रयि स्वतन्त्र पार्टी सरकारबाट बाहरिएपछी अब कसरी अगाडी बढ्ने भन्ने वषियमा उनीहरुबीच छलफल भइरहेको स्रोतको दाबी छ ।
आगामी राष्ट्रपति निर्वाचनमा सर्वदलीय सहमति खोज्ने विषयमा चर्चा भइरहँदा सत्ता साझेदार र विपक्षी दलको नेताबीच भेटघाट हुनुलाई महत्वपूणर् मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया