पुन: सात अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
143
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकल पुन सात अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री गर्ने भएको छ । मंगलबार पाँँच बर्षे अवधिको विकास ऋणपत्र २०८४ “ञ” (५ बर्षे) बिक्री गर्न लागिएको राष्ट्र बैैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपरान्ह तीन बजेसम्म आवेदन दिन सक्ने छन् । निष्काशन मिती २०७९ माघ २५ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८४ माघ २५ तोकिएको र खरिद गरिएको ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुविधा रहेको राष्ट्र बैंकको भनाई छ । खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुन सक्ने छन् । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् पाँच अर्ब ९५ करोड र एक अर्ब पाँच करोड छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा भने घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।

ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यि बाहेकका बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भने अप्रतिस्पर्र्धीकोरुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम मात्र उल्लेख गर्नु पर्ने राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?