काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को दुई पक्षबीच झडप भएको छ ।
सोमबार दिउँसो नयाँ बानेश्वरस्थित मीनभवनमा रहेको नेपाल कमर्श क्याम्पसमा नेविसंघको संस्थापन र इतर समूहका विद्यार्थीबीच झडप भएको हो ।
स्ववियु निर्वाचनको विषयमा छलफलका लागि संस्थापन समूहले १० बजेका लागि बैठक बोलाएको थियो । यता इतर समूहले पनि इतर समूहले बैठक बोलाएकोमा दुई पक्षबीच मनमुटाव हुँदा झडप भएको नेविसंघ मीनभवन क्याम्पसका इकाइ सभापति सरोज तिमल्सिनाले लोकपथलाई जानकारी दिए ।
‘नेविसंघले बिहान १० बजेका लागि स्ववियु निर्वाचनको विषयमा छलफलका लागि बैठक बोलाएका थियौँ । इतर समूहले पनि ११ बजेका लागि बैठक बोलाएर विवाद उत्पन्न गर्न खोज्यो ।’ उनले भने, ‘सो क्रममा झडप भएको हो ।’
झडपमा परि केही विद्यार्थी घाइते भएको उनले बताए ।
झडपपछि अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । भने नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा क्याम्पसमा पुगेका छन् ।
पछिल्लो समय कांग्रेसको संस्थापन इतर गगन-शेखर समूहले देशभर समानान्तर गतिविधि गरिरहेको छ । स्ववियु निर्वाचनको मिति जनिकिँदै गर्दा विभिन्न क्याम्पस कमिटी गठनमा सो समूहले समानान्तर गतिविधि गरिरहेको छ । भने स्ववियु निर्वाचनको सन्दर्भमा पनि सो समूहले छुट्टै तरिकाले तयारी गरि विभिन्न १३ वटा समितिको संयोजक समेत तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया