काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले उपाध्यक्ष पदका लागि अरु सदस्यको उम्मेदवारी नपर्नु सरकारले पाएको राष्ट्रिय सहमतिको निरन्तरता रहेको बताएका छन् ।
सोमबारको राष्ट्रिय सभाको बैठकमा सांसद उर्मिला अर्याललाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
‘सरकारले विश्वासको मत लिँदा राष्ट्रिय सहमतिको सन्देश दिनेगरी मत पाएकोमा अहिले त्यसकै निरन्तरताका रुपमा उपाध्यक्षमा पनि राष्ट्रिय सहमतिको वातावरण बनेको छ’, उनले भने ।
राष्ट्रिय सभाको उपाध्यक्षमा सर्वदलीय सहमति भएपछि यसले अत्यन्तै राम्रो र सकारात्मक सन्देश दिएको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनपछि अहिलेको मूल कार्यभार मुलुकको अर्थतन्त्रलाई अघि बढाउनु रहेको बताए ।
‘राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै सामाजिक न्याय सहित समृद्धिको अभियानलाई तीव्र बनाउन सबै राजनीतिक दल मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँदै जानुपर्ने आवश्यकता छ र त्यसको बोध सबैतिरबाट हुँदै गएको छ’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया