कांग्रेसले भन्यो- ‘न्यूनतम साझा कार्यक्रम कानुन बनाउने स्रोत बन्न सक्दैन’

लोकपथ
112
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धनले ल्याएको न्यूनतम साझा कार्यक्रमको आधार विधेयक बन्न नसक्ने बताएको छ ।

प्रधानमन्त्रीसँग प्रमुख सचेतकहरुको छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो कुरा बताएका हुन् ।

संसदमा पेश नै नभएको सररकारको न्यूनतम साझा कार्यक्रम भनिए पनि त्यसैको आधारमा विधेयक बन्न नसक्ने बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यूनतम साझा कार्यक्रमको फेहरिस्त पढेर सुनाएका थिए । तर त्यसमा कानुन बनाउने बुँदा समेटिएपछि लेखकले आपत्ति जनाएका हुन् ।

न्यूनतम साझा कार्यक्रम ‘अनआइडेन्टिफाइ डकुमेन्ट’ रहेको भन्दै त्यसको आधारमै कानुन बनाउन नहुने उनको जिकिर थियो ।

‘विधेयक ल्याउँदा न्यूनतम साझा कार्यक्रम यो बुँदाको आधारमा रहेर कानुन बनाउने भनिएको रहेछ । कानुनको स्रोत हुन्छ, त्यो आधिकारिक स्रोत हुन्छ । सरकारको नीति कार्यक्रम वा बजेट भए अथवा संसद्मा छलफल भएको विषय भए पो विधेयक बनाउने आधिकारिक स्रोत हुन्छ र अघि बढाउन सकिन्छ । न्यूनतम साझा कार्यक्रमको बारेमा कसैलाई थाहा छैन । कि बाड्न पर्यो र अध्ययन गर्न दिनुपर्यो । गठबन्धनमा सहमति मिलाउन ल्याएको कार्यक्रमलाई कानुनको आधिकारिक स्रोत मान्न सकिँदैन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?