काठमाडौं । निवर्तमान स्वास्थ्य राज्यमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले पत्रकार र पत्रकारितामाथि आक्रोश व्यक्त गरेकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले आफू राज्यमन्त्री हुँदा क्याथ ल्याब उद्घाटन र मुटुरोगको शल्यक्रिया शुरु भएको विषय भन्दा पनि पत्रकारले रिबन काटेको समाचार मात्रै छापेको भन्दै आक्रोश व्यक्त गरिन् ।
उनले भनिन्, ‘क्याथ ल्याब उद्घाटन भयो्र देशको सबै भन्दा पुरानो अस्पतालमा मुटुरोगको शल्यकृया भर्खर मात्र सुरु भयो्र अझ थप पुग नपुग सेवा बारे छलफल भयो भन्ने जनमुखी कन्टेन्टको सट्टा दुईटा रबिन काट्न तछाडमछाड भन्ने भ्रमबारे धेरै लेखनिे पत्रकारतिा ११ ’
त्यस्तै उनले प्रेम आचार्यको सवालमा अस्पताल भेट्न जाँदा स्टन्टबाजी गरेको भन्ने समाचार मात्रै आएको तर त्यसभित्र नागरिकको दुखमा राज्य देखाएको चासोको विषयमा सञ्चारकर्मीले कुनै चासो नदेखाएको आरोप लगाइन् ।
उनले भनिन्, ‘देशको अर्थतन्त्र र अभभिावकत्व देख िहरेस खाएर आत्मदाह गरेको नेपाली नागरीक अस्पतालको शैय्यामा अन्तमि श्वास लदिै गर्दा सरकारको एक अङ्ग अस्पतालमै पुगेर घटनाबारे सोध्दै बुझ्दै गर्दा, भेट्नुको आशय, मानवता, अभभिावकत्व र त्यहाँ लागेको सम्पूर्ण उपचार खर्च नशिुल्क गराईदएिको कन्टेन्टको सट्टा बरिामीलाई हातले छोयो, कोह िभेट्न नगए पन िभयो तर यो चाहँि भेट्न गएर स्टण्ट देखायो आद िभ्रामक समाचार लेख्ने, सुन्ने र बक्निे पत्रकारतिा ११ ’
उनले आफूले रिस आक्रोशले नभइ राज्यको चौथो ठूलो पार्टीको हैसियतमा राज्यको चौथोँ अंगलाई सहि र सत्य-तथ्यपरक समाचार लेखि सुशासन कायम गर्ने अभियानमा लाग्न सुझाव दिएको बताइन् ।
आइतबार विशेष पत्रकार सम्मेलन गरेर पार्टी सभापति रवि लामिछानेले मिडिया हाउस र तिनका मालिकसँग आक्रोश व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया