राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

लोकपथ
221
Shares

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।

सोमबारको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अन्यको उम्मेदवारी नपरेकाले अर्याल निर्विरोध निर्वाचित भएको जानकारी गराएका हुन् ।

२०७८ सालमै तत्कालिन शशीकला दाहालको ४ वर्षे कार्यकाल सर्किएसँगै सो पद रिक्त रहेको थियो ।

आइतबार सत्तारुढ गठबन्धनबाट अर्यालको नाम सिफारिस भएको थियो भने नेपाली कांग्रेसले कुनै पनि उम्मेद्वार उठाएको थिएन ।

अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । ६६ वर्षीया अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?