टर्की भूकम्प अपडेट : १०० भन्दा बढीको मृत्यु, सिरियामा पनि मानवीय क्षेति

लोकपथ
143
Shares

काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का नुर्दगीबाट २३ किलोमिटर पूर्वमा महसुस गरिएको थियो । यसको प्रभाव सिरियासम्म देखिएको छ ।

जानकारी अनुसार भूकम्पका कारण धेरै भवनहरु भत्किएका छन् । टर्कीमा हालसम्म ५३ जनाको मृत्यु भइसकेको छ । योसँगै सिरियामा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ । घटनामा ५ सयभन्दा बढी घाइते भएको बताइएको छ ।

भूकम्पको ७.८ रिक्टर स्केल मापन गरिएको छ । भूकम्पले १६ वटा भवनमा क्षति पुगेको छ । टर्कीका राष्ट्रपति एर्दोगानले यस प्रकोपसँग मिलेर सामना गर्ने भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै खोज तथा उद्धार टोली पठाइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?