काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विविध विषयमा जाँच गर्नुपर्ने टिप्पणी गरेका छन् ।
आइतबार लामिछानेले विशेष पत्रकार सम्मेलन मार्फत बोलेका भनाइप्रति इंगित गर्दै रावलले लोकतन्त्रमा विरोध हुँदा त्यसको प्रतिवादमा उत्रिएको भन्दै लामिछानेको जाँच गर्नुपर्ने टिप्पणी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिक सिद्धान्त,मूल्य,मर्यादामा विश्वास गर्ने, देश-जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ।आलोचना सुन्छ । सत्य तथ्य अौंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न।यस कसीमा रवि लामिछानेको जाँच गरौं ।’
त्यसैगरी लामिछानेले निर्वाचन अघि र निर्वाचनपछि, गृहमन्त्री हुँदा र नहुँदाको बेला गरेका काम र बोलेका कुराहरूलाई निष्पक्ष एवं तथ्यसंगत किसिमले परीक्षण गर्नु आवश्यक रहेको औँलयाए ।
‘उहाँले निर्वाचन अघी र निर्वाचनको समयमा बोलेका र बाचा गरेका कुराहरू तथा गृहमन्त्री भएपछि, पद जाँदा सांसद नभएपनि गृहमन्त्री हुन र त्यो नपाएपछि गरेका काम र बोलेका कुराहरूलाई निष्पक्ष एवं तथ्यसंगत किसिमले परीक्षण गर्नु उचित हुन्छ ।’उनले भने, ‘किनकि कुनैपनि दल, नेता र मन्त्रीका काम-कुरा देश, जनता र लोकतन्त्रका लागि उचित या अनुचित के छन् भन्ने सबैको सार्वजनिक चासो र सरोकारको विषय हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया