काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् ।
आइतबार विशेष पत्रकार सम्मेलनमा लामिछानेले मिडिया र तिनका मालिकहरुप्रति कटाक्ष गर्दा बास्कोटाले पनि मिडियाका विषयमा कटाक्ष गर्न सक्ने भन्दै प्रशंसा गरेका थिए । लामिछानेले पत्रकार सम्मेलनमा नेताले मिडियालाई गाली गर्दा त्यसको मूल्य चुकाउनुपर्ने भन्दै बास्कोटाले त्यसको प्रभाव नगर्ने गरेको बताएका थिए ।
सो विषयमा समर्थन जनाउँदै नेता बास्कोटाले आफूमाथि प्रश्न उठेपछि धागा धर्नु भन्दा पनि जवाफ दिनु राम्रो भएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले भनेका छन्, ‘रवीले निष्फिक्री बोले।प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो।प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो।’
आइतबारको पत्रकार सम्मेलनमा लामिछानेले आफूमाथि नागरिकता विवादको विषयमा नेपाली मिडियाले खेदो खनेको भन्दै कटाक्ष गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया