रामकृष्ण ढकालको आमाको ममता सार्वजनिक (भिडियोसहित)

लोकपथ
39
Shares

काठमाडौं । गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ ।

आईतवार काठमाडौंमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक गरिएको हो । गीत सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गायक ढकालले भिडियोमा गहन विषयवस्तुको उठान गरिएको बताए ।

उनले नेपालजस्तो गरिबी मुलुकमा बालबालिकाहरुले आफूले पाउने हक, अधिकार पाउन नसकेको कुराहरुलाई समेटिएको बताए । उनले समाजमा नराम्रा मानिस जति छन् त्यत्ति नै राम्रा मानिस रहेको बताउ । उनले गीतले आफ्नो जीवनको केही अंश प्रश्तुत गरेको बताए । उनले कहिले काहीँ जन्म दिने भन्दा कर्म दिने अभिभावक महत्वपूर्ण हुने बताए ।

गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत आमाको ममताको भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरव पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ । यस गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

नक्षत्र प्रोडक्शनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा बुवा र उनीहरुसँग पनि बिछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ ।

विधान कार्कीले निर्देशन गरेको भिडियोका छायाँकार उत्सव दाहाल रहेका छन् भने सम्पादन विकास दाहालले गर्नुभएको हो । मनिषा पोखरेल कला निर्देशक रहेको भिडियोमा दीपेन गौतमले प्रोडक्शन डिजाइन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?