प्रधानमन्त्रीले गरे प्रमुख सचेतकहरुसँग छलफल

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुनसचिव लगायतसँग छलफल शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बैठक शुरु भएको हो ।

जारी बैठकमा केही महत्वपूर्ण विधेयकसम्बन्धी छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

आजको बैठकमा प्रतिनिधि सभालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?