चालू खर्च कटौती गर्न कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन

लोकपथ
52
Shares

काठमाडौं । चालू खर्च कटौतीसम्बन्धी कार्यदलले आज बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकाराम जमकट्टेलाई प्रतिवेदन बुझाएको छ । मुख्यमन्त्रीको कार्यालयमा कार्यदलले आज प्रतिवेदन बुझाएको हो ।

प्रदेशमन्त्री परिषद्को यही माघ १० गतेको निर्णयानुसार उक्त कार्यदल गठन गरिएको थियो । उक्त कार्यदल आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा चार सदस्यीय थियो । कार्यदलको प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री जमकट्टेलले प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गरिने बताए ।

उनले प्रतिवेदनमा औँल्याइएका विषयलाई प्रदेशका सबै निकायले कार्यान्वयन गर्ने र त्यसका लागि आवश्यक निर्देशन दिइने उल्लेख गरेको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डीपी ढकालले जानकारी दिए । मुख्यमन्त्रीले कम्तीमा पनि १५ प्रतिशत चालू खर्च कटौती गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?