१५ चैत्र २०७९, बुधबार

७८ लाख ५० हजार रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

२०७९,माघ,२२,आईतवार २०:५६

27
Shares

काठमाडौं । नेपाल प्रहरीले ७८ लाख ५० हजार रुपैयाँसहित सहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीको न्युरोडबाट कैलाली घर भइ बिजुली बजार बस्ने २३ वर्षीय किशोर चौधरी ५९ वर्षीय दिपेन्द्रबहादुर मल्ललाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट अठ्ठहत्तर लाख पचास हजार रुपैयाँ र चार लाखको चेकसमेत बरामद भएको कार्यालयका सूचना अधिकृत कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनीहरुलाई नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले बताए ।

प्रहरीका अनुसार मल्लले विगत ५ बर्षदेखि र किशोर चौधरीले विगत ४ महिना देखि न्यूरोड एरियामा रहेका विभिन्न व्यक्तिहरुबाट हुण्डीको रकम संकलन गर्ने र बैंक डिपोजिट मार्फत् रकम व्यवस्थापन गर्ने कार्य गर्दै आएको खुल्न आएको छ ।

उनीहरुको अर्का एक व्यक्तिको मातहतमा बसी दैनिक औषत १ करोड भन्दा माथिको रकम कारोबार गर्ने गरेको देखिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: २०७९,माघ,२२,आईतवार २०:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२