रास्वपाका तीन जना मन्त्रीले दिए राजीनामा

लोकपथ
195
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाका तीन जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।

रास्वपाको बसुन्धरामा आइतबार दिउँसो बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?