काठमाडाैं । बागमती प्रदेशसभाले कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको हो ।
प्रदेशसभाको काम कारवाही, बैठकको कार्यसूची तथा आवश्यकताका आधाकरमा सभामुखलाई सघाउन उक्त समिति गठन गरिएको हो । समितिको नेतृत्व सभामुख भुवनकुमार पाठकले गर्नेछन् भने उपसभामुख अप्सरा चापागाईं र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ प्रदेश सदस्य रहने छन् ।
कार्यव्यवस्था परामर्श समितिको सदस्यहरुमा एमालेबाट आनन्द कुमार श्रेष्ठ, मधुसुदन पौडेल, भारति पाठक माओवादी केन्द्रबाट रत्न ढकाल राधिका तामाङ, कांग्रेसबाट छिरिङ दोर्जे लामा, कन्दन राज काफ्ले, रामकृष्ण चित्रकार, हरिप्रभा खड्गी, एकीकृत समाजवादी पार्टीबाट ओम कुमारी श्रेष्ठ, हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्रचार्य र नेमकिपाबाट सुरेन्द्रराज गोर्साई रहेका छन् ।
प्रदेशसभाको बैठको आइतबारको बैठकमा शून्य समयको कार्यसूची रहेको थियो । उक्त समयमा १७ जना प्रदेश सांसदहरुले प्रदेशका समयसामयिक र नागरिकहरुको समस्याका विषयहरु संसदमा राखेका थिए ।
उक्त बैठकमा राप्रपाकी आशा लामा, कुमारी तामाङ, एमालेका अमन कुमार मास्के, भारती पठक, प्रमभक्त महर्जन, जयराम थापा, दिनेश चन्द्र देवकोटा, भरत बहादुर केसी, कांग्रेसका उत्तम जोशी, कुन्दनराज काफ्ले, उर्मिला सूनुवार, गीता गुरुङ, गोविन्द लम्साल, कुमार तामाङ, माओवादी केन्द्रका इश्वार सापकोटाः उर्मिला कुमारी लामा र नेमकीपाकी गिता काफ्लेले सम्बोधन गरेका थिए ।
बैठकमा सांसदहरुले व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्न हुन नसकेको धारणा व्यक्त गरेका थिए । उनीहरुलेसंसदमा बोल्दै तरकारी सडकमा फ्याकेरे चितवनमा किसानले गरेको विरोधलाई प्रदेश सरकारले उचित सम्बोधन गर्न माग गरेका थिए । देशमा विद्यामान वेथितीका कारण प्रमृ आचार्य जस्ता कयौ युवाहरुले आफ्ना सपनाको हत्या भइरहेको उनीहरुको भनाइ थियो ।
प्रदेशसभाको उक्त बैठकले आगामी माघ २६ गतेका लागि प्रदेश प्रमुखको सम्बोधन मिति तय गरेको छ । उक्त दिन दिउँसो १ः०९ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदलाई सम्बोधन गर्नेछन् । सो दिन प्रदेश सांसदहरुलाई औपचारिक पोसाकमा उपस्थित हुन आह्वान गरिएको छ । प्रदेशसभाको अर्को बैठक माघ २३ गते सोमबार दिउँसो १२ः०८ बजे बस्ने गरी स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया