१६ चैत्र २०७९, बिहीवार

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

२०७९,माघ,२२,आईतवार १६:३३

9
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ५४ अंकले उकालो लागेर दुई हजार ९६ दशमलव शून्य आठमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८९ अंकले उकालो लागेर चार सय दशमलव २६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

कारोबार भएकामध्ये एक सय आठ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय एक कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने सात कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन । कूल ५२ लाख छ हजार तीन सय ७० कित्ता शेयर रू एक अर्ब ९३ करोड १७ लाख १९ हजार एक सय तीन मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रू छ करोड ४४ लाख २४ हजार छ सय ८२ बराबरको कारोबार भएको छ । एनआइसी एशिया बैंक रू पाँच करोड ८५ लाख १६ हजार, नविल बैंक रू पाँच करोड ७४ लाख ७६ हजार तीन सय ८१, चिलिमे हाइड्रोपावर रू पाँच करोड सात लाख चार हजार नौ सय चार र हिमालयन डिस्टिलरी रू चार करोड २४ लाख ७४ हजार सात सय ५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आर्दश लघुुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स आठ दशमलव ४९, सिद्धार्थ इक्विटी फण्ड चार दशमलव २९, जानकी फाइनान्स चार दशमलव १५ र चिलिमे हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव शून्य आठ प्रतिशतले कमाएका छन् ।

इस्टर्न हाइड्रोपावर पाँच दशमलव ४५, प्रभु बैंकको ऋणपत्र चार दशमलव ८६, प्राइम लाइफ तीन दशमलव ८४, पाँचथर पावर कम्पनी तीन दशमलव ६३ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव ६३ प्रतिशतले गुमाएका छन् । आइतबारको कारोबारपछि बजार पूँजीकरण रू ३० खर्ब २४ अर्ब ७५ करोड ६९ लाख ७४ हजार सात सय ७५ बराबर रहेको छ ।

प्रकाशित मिति: २०७९,माघ,२२,आईतवार १६:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १

काठमाडौँ । राष्ट्रिय किसान आयोगले यस वर्ष कृषकले रासायनिक मल नपाएकाले अविलम्ब मलको सहज व्यवस्थापन गर्न माग गरेको छ ।

काठमाडौंं । जुरे पहिरो पीडितले मागबमोजिम नगदै राहत पाउने भएका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार अब जिल्ला

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२