१६ चैत्र २०७९, बिहीवार

दुई महिना पनि नटिक्दै सरकारबाट बाहिरियो रास्वपा

२०७९,माघ,२२,आईतवार १६:०२

108
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय बसुन्धरामा बसेको निर्णायक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सरकारबाट बाहिरिने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन भने कायम रहने निर्णय भएको रास्वपाकी सांसद चन्दा कार्कीले लोकपथलाई जानकारी दिइन् ।

‘आजको बैठकले सरकारबाट बाहिरिने तर समर्थन भने कायम रहने निर्णय भएको छ ।’ कार्कीले भनिन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएसँगै उपप्रधान एवं गृहमन्त्रीसहित रास्वपा सरकारमा सामेल भएको थियो ।

तर पार्टी सभापति रवि लामिछानेको नागरिकता अवैधानिक रहेको सर्वोच्चले फैसला गरेसँगै रास्वपाको राजनीतिमा हलचल आएको थियो । सबै पदबाट हटेका लामिछानेले पुनः नागरिकता लिएसँगै पुनः गृहमन्त्री बन्न प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । तर प्रधानमन्त्रीले गृहमन्त्री दिन नसकिने भनेसँगै आज बैठक बसेको थियो ।

हाल रास्वपाबाट सरकारमा शिक्षा, युवा तथा रोजगारमन्त्रीसहित एक राज्यमन्त्री रहेको थियो ।

प्रकाशित मिति: २०७९,माघ,२२,आईतवार १६:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा कोशी

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२