१५ चैत्र २०७९, बुधबार

ओलीतर्फ लक्षित गर्दै मेटमणि चौधरीले भने- ‘ठूला कुरा गरेर मात्रै देशको विकास हुँदैन’

२०७९,माघ,२२,आईतवार १५:५७

117
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले खरको छानो हटाइ टिनको छानो लगाउने अभियान अधिकारको प्रयोग गरेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा मात्रै सिमित गरेको आरोप लगाएका छन् ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका छन् । उनले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओलीको सरकार हुँदा २० हजार खरको छानो बिस्थापित गरेको भएपनि ती सबै बिस्थापित कार्यक्रमहरु झापा जिल्लाको ओलीकै निर्वाचन क्षेत्रमा मात्रै रहेको बताए ।

उनले जहिल्यै ठूला कुरा गरेर मात्रै देशको विकास नहुने बताए । उनले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सजाय दिन नसकेको भन्दै मान्छेलाई भुलाउने प्रयास नगर्न आग्रह गरे ।

उनले भने, ‘उहाँले बडो ठूलो आवाजमा बोल्नुभएको छ, जनता आवास कार्यक्रमार्फत जनतालाई खरको छाना मुक्त गरेर टिनको छानो लगाउने कुरा गर्नुभएको थियो, म स्मरण गराउन चाहन्छु, त्यसबेला करिव २० हजार घरमा खरको छानो बिस्थापित गरेका थियौँ । तर त्यो बेला २० हजार घर सबै झापा जिल्ला र उहाँकै निर्वाचन क्षेत्रमा मात्रै लागेको थियो । जग्गा लालपुर्जाको कुरा गरेका थियौँ, तीन दशकको अवधिमा कति जनालाई प्रदान गरका छौँ, एक जनालाई छ भने भन्नुपर्यो । १३ वर्षे बालिकालाई बलात्कार गर्ने मान्छेलाई कारबाही गर्न सकेनौँ, ठूला कुरा गरेर हुन्छ । आइन्दा यस्ता ठूला बेतुक, बेकारका कुरा, मान्छेलाई भुलाउने कुरा नगर्दा राम्रो हुन्छ ।’

सांसद चौधरीले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्दै जान सुझाव दिए ।

प्रकाशित मिति: २०७९,माघ,२२,आईतवार १५:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२
दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३