१५ चैत्र २०७९, बुधबार

यतिबेला कांग्रेस पानी बिनाको माछो झैँ छट्पटाइ रहेको छ : ओली

२०७९,माघ,२२,आईतवार १५:०३

99
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिबेला नेपाली कांग्रेस पानी बिनाको माछो झैँ छट्पटाइरहेको बताएका छन् ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदमा नेपाली कांग्रेसका व्यवहारहरु बुझिनसक्नुको रहेको बताउँदै कांग्रेस यतिबेला पानी बिनाको माछो झैँ छट्पटाइरहेको बताएका हुन् । उनले सत्ता बाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्कने स्थितिमा रहेको दाबी गरे । उनले जनताका प्रतिनिधि र राजनीतिक दलका नेताहरु मिलेर दृढ निश्चय र इमान्दारिताका साथ नेपाल र नेपालीको भविष्यका लागि संकल्प गर्न आग्रह गरे ।

उनले भने, ‘हामी जनताका प्रतिनिधि राजनीतिक दलका नेताहरु मिलेर दृढ निश्चय र इमान्दारिताका साथ नेपाल र नेपालीको भविष्यका लागि संकल्प गरौँ । राजनीतिक अस्थिरताको अन्त्य गरी मुलुकलाई राजनीतिक स्थायित्व नयाँ युगमा प्रवेश गरौँ । म सबै राजनीतिक दल र नेता साथीहरुलाई आग्रह गर्न चाहन्छु । राष्ट्रियता र राष्ट्रिय एकताको सवालमा, सार्वभौमिक सत्ता, अखण्डता, स्वाधिनता, न्यायोचित हीतको सवालमा, समावेशी विकास र सुशासनसहित समृद्धिको सवालमा, अर्थतन्त्रको सबलीकरण, सेवाप्रवाहको व्यापक सुधार ल्याउने सवालमा राष्ट्रिय सहमति गरौँ । एमाले जस्तोसुकै सहयोग गर्न तयार छ । यस्ता कुरामा राष्ट्रिय सहमति हुनुपर्छ । हामीलाई सरकार गठनका लागि बहुमत प्राप्त भएन, हामी त्यो चाहनामा थिएनौँ, तर कांग्रेसमा सत्ता गठनका लागि असाधारण रुची र ब्याघ्रता थियो, कांग्रेसको स्वभावअनुसार सामान्य लिएका थियौँ । तर प्रतिपक्ष मानसिकताका साथ कांग्रेस गठित सरकारको प्रतिक्षा गरिरहँदा संविधानको व्यवस्था बमोजिम निर्धारित समय सकिएपछि हामीले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने कुरा अघि बढायौँ । नयाँ सरकार गठन भएसँगै जनातामा उत्साहको सञ्चार भएको छ । यस बीचमा संसदमा नेपाली कांग्रेसका व्यवहारहरु बुझिनसक्नुका छन् । कांग्रेसका केही साथीहरुलाई आफ्नो परिचय प्रतिपक्ष भनेर मान्न सकस भएको छ । मन मानिरहेको छैन, तर प्रतिपक्षमा बस्नैपर्ने बाध्यता छ । कांग्रेस यतिबेला पानी बाहिरको माछा जस्तै छट्पटाएको देखिन्छ । सत्ता बाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्कने स्थितिमा देखिन्छ ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेस प्रतिपक्ष मान्न तयार नै नरहेको बताए । उनले अर्थतन्त्रलाई सरकारले गतिशील बनाउने पनि दाबी गरे। अध्यक्ष ओलीले वृहत्तर राष्ट्रिय हीतमा काम गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गरे । उनले स्वास्थानीका जालन्धरको प्रसंग निकाल्दै कोही पनि जनमुखी काम गर्दा जालन्धर नबन्न आग्रह गरे ।

 

प्रकाशित मिति: २०७९,माघ,२२,आईतवार १५:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२
दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३