सुगमदेखि दुर्गमसम्म नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउनुपर्छ : सञ्चारमन्त्री

लोकपथ
104
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।

आईतवार नेपाल टेलिकमको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले नेपाल टेलिकम सरकारको स्वामित्व भएको संस्था भएकाले सरकारको सोच र लक्ष्य अनुसार समेटेर मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताइन् । उनले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउने जिम्मेवारी पनि नेपाल टेलिकमको भएको उल्लेख गरिन् ।

मन्त्री शर्माले विगतको सरकारले लिएको घरघरमा इन्टरनेट हातहातमा मोबाइल महत्वकांक्षी नारा सार्थकता पाएको बताइन् । उनले नेपाल टेलिकमको ग्राहकले तिरेको महसुलबाट सही सदुपयोग गरेर सुलभ र गुणस्तरीय सेवा पुर्‍याउनुपर्ने बताइन् । उनले नेपाल टेलिकम जस्ता आत्मनिर्भर सरकारी संस्थालाई संरक्षण गरी सेवा प्रवाह, रोजगारी सिर्जना राजश्वको महत्वपूर्ण स्रोतको रुपमा विकास गर्ने राज्यको प्राथमिकता रहने बताइन् ।

उनले भनिन्,‘विगतका सरकारले लिएको घरघरमा इन्टरनेट हातहातमा मोबाइल महत्वकांक्षी नारा सार्थकता पाएको छ । आगामी दिनमा नेपालले आफ्नै भू–उपग्रह स्थापना गरी सेवा दिनुपर्ने लक्ष्य लिनुपर्ने छ । अधिकांश सरकारको स्वामित्व भएको संस्था भएकाले सरकारको सोच र लक्ष्यलाई समेट्दै मुलुकका सुगमदेखि अति विकट स्थानहरुमा नाफा रहित रुपमा भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवाहरु उपलब्ध गराउने जिम्मवारी नेपाल टेलिकमको रहेको छ । अर्को विकट स्थानका जनताले तिरेको मूल्यबाट संस्थाका कर्मचारीहरु र देशको आर्थिक आधार भएकाले आधारभुत जनताले तिरेको मूल्यको सदुपयोग हुनेगरी सुलभ र गुणस्तरिय सेवा उपलब्ध गराउने प्रमुख दायित्व पनि हाम्रो रहेको छ । वर्तमान संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ । नेपाल टेलिकम जस्ता आत्मनिर्भर सरकारी संस्थालाई संरक्षण गरी सेवा प्रवाह रोजगारी सिर्जना राजश्वको महत्वपूर्ण स्रोतको रुपमा स्थापना गर्ने राज्यको प्राथमिकता हुनेछ । दूरसञ्चार सार्वजनिक सेवा प्रवाहको माध्यम पनि हो । दुर्गम क्षेत्रमा कर्मचारी अभावले प्रभावकारी रुपमा सेवा सञ्चालन हुन नसकेको मर्मत सेवामा सेवाग्राहीहरुको गुनासोलाई तत्काल सम्बोधन नहुने विद्यमान समस्याहरुलाई समाधान गरी ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिन जरुरी भएको छ ।’

मन्त्री शर्माले दुर्गम क्षेत्रमा नेपाल टेलिकमको कर्मचारी कम भएको स्वीकार गरिन् । उनले कर्मचारी कम हुँदा मर्मतसम्भारमा ढिलाइ हुनेजस्ता समस्या देखिएको उल्लेख गरिन् । उनले सरकारले आगामी दिनमा टेलिकमका सेवा भूउपग्रहबाट बिस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

टेलिकम सञ्चालनमा आएको १९ वर्षको अवधि बित्दा हाल २ करोड १३ लाखभन्दा बढी ग्राहक रहेका छन् । टेलिकमको पीएसटीएन सेवातर्फ ४ लाख ५५ हजार ग्राहक छन् । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको कुल राजश्व ४४ अर्ब ३७ करोड रुपैयाँ छ भने खुद नाफा ८ अर्ब ४७ करोड रुपैयाँ छ । हाल टेलिकममा फोर जी प्रयोगकर्ताको संख्या १ करोड १५ लाख ५० हजार छन् । टेलिकमले देशभर पीएसटीएन, सीडीएमए र जीएसएम लगायतका टेलिफोन सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस्तै, कम्पनीले सेवाग्राहीहरुलाई इन्टरनेट सेवाको समेत सेवा दिँदै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?