ओलीको टिप्पणी : ‘कांग्रेसले विश्वासको मत दिएर पदको ढोक्सा थाप्यो’

लोकपथ
52
Shares
k|ltlglw;ef a}7sdf cWoIf cf]nL sf7df8f}F, @% k’; M g]skf-Pdfn]_sf cWoIf Pj+ k”j{k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug'{x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सरकारलाई विश्वासको त दिएको मान्न नसकिने टिप्पणी गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसले आफू नेतृत्वमा प्रधानमन्त्री र राष्ट्रपति नभइसकेपछि विश्वासको मत दिएको बताए ।

प्रधानमन्त्री राष्ट्रपति लगायतका पदहरुमा आफू बाहेक अन्य नेतृत्वलाई स्वीकार गर्न नसकेर प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले सरकार गठन भइसकेपछि सरकारलाई हठात विश्वासको मत दियो ।’ ओलीले भने, ‘कांग्रेसले यस व्यवहारलाई उसले सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन’

त्यसैगरी कांग्रेसले सरकारलाई विश्वासको मत दिएर कांग्रेसले पदको लागि ढोक्सा थापेको समेत आरोप लगाए ।

‘मैले पहिल्यै भनेको हो, मतदान गरेको मात्रै भए ठिकै हो तर डोक्सा थापेको हो भने गल्ती हो ।’ ओलीले भने ।

त्यसैगरी निर्वाचनमा कांग्रेसले बुथ कब्जा गरेर र आतंक सिर्जना गरेर भोट पाएको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?