पुनः २१ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

लोकपथ
26
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुनः २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

माघ २४ गते जारी मिति तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । यसरी बिक्री गरिने कुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड, एक सय ८२ दिने अवधिको सात अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ रहेको छ ।

यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ फागुन २३ गते, २०८० बैशाख २६ गते, २०८० साउन २३ गते र २०८० माघ २३ गते तोकिएको राष्ट्र बैंकको भनाई छ ।

भोलि बिक्री हुने कुल ट्रेजरी बिल मध्येमा २८, ९१ र ३६४ दिने अवधिको कुल १४ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नविकण अन्र्तथत र बाँकी सात अर्ब रुपैंयाँको ट्रेजरी बिल नयाँ रहेको छ । गत सात पनि राष्ट्र बैकले २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?