संसद बैठकमा रास्वपाका सांसद अनुपस्थित

लोकपथ
26
Shares

काठमाडौं । प्रतिनिधि सभाको जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अनुपस्थित भएका छन् । संसद भवन बानेश्वरका संसद बैठक जारी रहँदा रास्वपाका कुनै पनि सांसद उपस्थित भएका छैनन् । अहिले संसदमा रास्वपा १९ सांसद छन् । तीमध्ये इन्दिरा राना मगर उपसभामुख हुन् ।

पार्टी केन्द्रीय समिति र संसदीय दलको बैठक पार्टी कार्यालय बसुन्धरामा बसिरहेकाले रास्वपाका सांसद संसदमा अनुपस्थित भएका हुन् । रास्वपाले आफ्नो बैठकबारे सभामुखलाई जानकारी नदिएकाले आजको संसद बैठक भने निर्धारित समयमै बसेको छ ।

सरकारमा सहभागि हुने वा नहुने भन्नेबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बसेकाले पार्टीबाट निर्वाचित सबै सांसद अनुपस्थित भएको बैठकमा सहभागि एक नेताले बताए । यसअघि शनिबार राति बसेको रास्वपाको बैठक निष्कर्षबिहीन अवस्थामा टुंगिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?