काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ निर्वाचन आयोगमा पुगेका छन् ।
चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि आफू दोस्रो स्थानमा रहेकाले स्वतः विजयीको माग गर्दै नेता उमेश श्रेष्ठ आयोग पुगेका हुन् ।
निवेदन बुझाएर आयोगबाट बाहिरिँदै श्रेष्ठले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने बताएका छन् ।गत निर्वाचनमा श्रेष्ठले १४ हजार ९८८ मत मात्र पाएका थिए भने रवि लामिछानेले ४९ हजार ३०० मत पाएका भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया