साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

लोकपथ
182
Shares

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज आइतबार भुटानसँग भिड्दैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र भुटानबीचको खेल नेपालीसमय अनुसार दिउँसो ३:१५ बजे शुरु हुनेछ ।

पहिलो खेलमा पराजित भएको नेपाल आफ्नो दोस्रो खेलमा जित निकाल्ने दाउमा मैदान उत्रनेछ । शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।

भुटान पनि पहिलो जितको खोजीमा हुनेछ । भुटान पहिलो खेलमा भारतसँग १२-० ले पराजित भएको थियो ।प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?