शीर्ष नेताहरुको अनुपस्थितिका कारण काङ्ग्रेस महासमिति बैठक दुई घण्टाका लागि स्थगित

काठमाडौं । काङ्ग्रेस महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएको छ । 

बैठक स्थलमा १२ बजेसम्म पनि शीर्ष नेताहरु बैठकका नआएपछि महासमिति सदस्यहरुले होहल्ला गरेका थिए । 

१० बजे बैठक महासमिति बैठक शुरु भएपनि दुई घण्टासम्म नआएको भन्दै सदस्यहरुले होहल्ला गर्न थालेपछि बैठक स्थगित गरेको घोषणा गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?